काठमाडाैं, चैत १४ः कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई श्रद्धाञ्जली दिन पार्टी केन्द्रीय कार्यालय सानेपामा सभामुख, विभिन्न दलका नेता, शुभेच्छुक तथा आफन्तको भीड लागेको थियाे ।
स्वर्गीय जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि शनिबार मध्याह्न १२ बजेदेखि राखिएको कांग्रेसले जनाएको छ ।
जोशीलाई श्रद्धाञ्जली दिन सभामुख अग्नि सापकोटा, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपाल, अष्टलक्ष्मी शाक्य, सुवासचन्द्र नेम्वाङ सानेपा पुगेका थिए ।