काठमाडौं, चैत १४: समयमै जोरपाटी-सुन्दरीजल सडक कालोपत्रे नभएको भन्दै स्थानीय बासीले गोकर्ण भैरव चौरमा सडक अवरुद्ध गरेका छन्। उनीहरुले शनिबार बिहान ८ बजेदेखि नै सडक बन्द गरेका हुन्।
सडकमा बाँस, काठहरू राखेर अवरुद्ध गरेपछि जोरपाटीबाट सुन्दरीजल जाने सुन्दरीजलबाट जोरपाटी,चावहिल जाने सवारीसाधन चल्न सकेका छैनन्।
सडकमा धुलो र धुवाँका कारण यहाँका स्थानीयले सास्ती व्यहोर्दै आएका छन्। वर्षौंदेखि कालोपत्रे नभएको र पानी समेत नहाल्दा धुलोले आफूहरूको दैनिकी अस्तव्यस्त भएकोले सडक अवरुद्ध गर्नुपरेको स्थानीय सुमन श्रेष्ठले बताए।