काठमाडाैं, चैत १४ः नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । गत फागुन १४ गतेदेखि नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार साँझ ८ः२४ बजे निधन भएको हो । मस्तिष्क घात भएपछि उनलाई नर्भिकमा भर्ना गरिएको थियो ।
उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि शनिबार बिहान १० बजेदेखि १ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । त्यस्तै, जोशीको निधनपछि कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।