काेराेनाका कारण धुलिखेल अस्पतालमा एक पुरूषकाे मृत्यु

| 2021 Mar 26 | 02:31 pm 2721

काभ्रे, चैत १३ः दोलखा जिल्लाको विगु गाउँपालिकाका ६२ बर्षीय एक पुरुषको कोरोनाका कारण काभ्रेकाे धुलिखेल अस्पतालमा मृत्यु भएको छ । उनी निमोनियाका कारण श्वासप्रश्वासमा कठिनाइ भएपछि चैत ११ गते राती उपचारका लागि धुलिखेल अस्पतालमा भर्ना भएका थिए ।

धुलिखेल अस्पताल आकस्मिक कक्षका प्रमुख सानुकृष्ण श्रेष्ठलका अनुसार चैत ११ गते राती ९ बजे भर्ना भएका उनको चैत १२ गते दिउँसो निधन भएको थियो । उनको मृत्युपश्चात शंका लागेर परीक्षण गर्दा कोभिड पुष्टि भएको श्रेष्ठले जानकारी दिए । निधन पश्चात कोभिड पुष्टि भएपछि शवलाई नेपाली सेनाले सुरक्षासहित अन्त्येष्टि गरिएको छ । जिल्ला कमाण्ड पोष्टले थप सुरक्षाका लागि अस्पताल प्रशासनलाई अनुरोध गरेको छ भने अस्पतालले सेवा नरोकी सुरक्षा मापदण्ड अपनाएको जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.