- महेश सिंह
सिरहा, चैत १३ः दलित समुदायका अगुवाहरुको दुई दिने प्रदेश स्तरीय सभा सिरहाको मिर्चैयामा संचालन भएको छ। भूमि नागरिकता जनजागरण बजेट र दलित सशक्तिकरण ऐन कार्यान्वयनका सवालमा दुई दिने अगुवा भेला सुरु भएको हो।
दलित सरोकार मञ्च नेपालका अध्यक्ष भोला पासवानको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो भने प्रमुख अतिथिमा प्रदेश न २ का समाजिक बिकास मन्त्री नवल किशोर साहले गरेका थिए । उक्त सभालाई सम्बोधन गर्दै मन्त्री साहले अबको दिनमा कोई दलित नभएको र दलित भन्नेहरुले भित्रै मनबाट दलित शब्द निकालेर फालिदिन अनुरोध गरे ।

अहिलेको अबस्थामा कोही दलित छैन सर्बै एकै सम्मान हो उनले बताए। दलित ब्यक्ति दलित होईन आफूलाई अगुवा सम्झिनु पर्छ उनले बताएका थिए। नेपालमा दलितहरु मात्रै नागरिकताबाट बन्चित छैनन् समग्र मधेस र पहाडमा पनि नागरिकताबाट बन्चित रहेको बताए।
अहिले राजनीतिमा पनि प्रदेश न २ मा सबै भन्दा बढी शकृय दलित समुदायको ब्यक्तिहरु नै बढी देखिएको छ । त्याग र तपश्याको अधारमा राजनीतिमा स्थान दिने गरेका छन्। जातिले हुदैन कर्मले हुने गरेको साहले बताए।
राज्यमा पहुँच हुनलाई दलित परिवारबाट बौद्धिक नेतृत्वको खाचो रहेको र दोस्रोमा शिक्षा र सरकारी सेवामा पहुँच पुगाउनु पर्ने अनि दलित समुदायमा हरेक सेवा सुविधाको सहजै भागिदार हुने मन्त्री साहले बताए ।
बिशिस्ट अतिथि कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवानका अनुसार दलित नामकरण गर्ने ब्यक्ति कस्तो होला ? दलित मात्र होइन पेसा समेत छुटयाई दिने गरेको छ । देशमा १० बर्ष जनयुद्ध हुँदा सबै भन्दा दलित समुदाय पीडामा परेको र कम्जोर देखिएको उनले बताएइन् ।

दलित समुदायलाई राज्यले भोट खसाल्ने मेसिनको रूपमा प्रयोग गर्ने गरेको मेयर पासवानले जानकारी दिइन् । सम्पुर्ण दलितमा एकता नरहेकोले कष्टकर जिवन गुजारा गर्न बाध्य रहेको हो। हामी सम्पूर्ण दलित राज्यको हक अधिकारबाट बन्चित नै रहेको उनले बताइन् । त्यसका लागि राज्यमा पहुँच र सेवा लिन सम्पूर्ण दलितहरु एकजुट् हुनु जरुरी रहेको छ। एक जुट् भएर अगाडि बडनु पर्ने मेयर पासमानले बताइन् ।
कार्यक्रमको ब्यवस्थापक सुनिल पासवानले स्वागत मन्तबव्य राखेका थिए। दलित अगुवा श्याम सुन्दर सरदारका अनुसार दलितका मुद्दा कम्जोर र भ्रममा पार्ने र गरेको बताए । दलितहरुलाई तीन ठाँउमा पहुँच हुनु जरुरी रहेको बताए।
अतिथिहरुमा सेबकी देबि दास, श्याम परी दास वरिष्ठ पत्रकार बिजय मिश्र समेत रहेका थिए ।
सभा अध्यक्ष पासवानका अनुसार हाम्रो देशमा प्रत्येक दस बर्षमा जनगणना हुने गरेको छ। सम्पूर्ण दलितहरुमा एकरुपताको भवना ल्यायो भने काम र अधिकार लिन राज्यबाट सहज हुने बताए।
उक्त कार्यक्रमको समापन प्रदेशको अर्थ मन्त्री बिजय यादवले गर्ने कार्यक्रम रहेको बुझिएको छ।कार्यक्रममा प्रदेश २ का दलित अगुवाहरुको उल्लेखनीय सह भागिता रहेको थियो ।