कटुवा पेस्तोलसहित दुई युवाक पक्राउ

| 2021 Mar 25 | 02:19 pm 1965

पर्सा, चैत १२ः कटुवा पेस्तोलसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२४ सिर्सिया निवासी २७ वर्षीय दीपेन्द्र साह र २३ वर्षीय सनोज गुप्ता रहेका छन् ।

उनीहरूलाई प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त गस्ती टोलीले जिल्लाको वीरगञ्ज  महानगरपालिका–१३ श्रीपुरस्थित हुलाकी सडकबाट पक्राउ गरेकाे हाे ।

हिँडिरहेका दुबै जनालाई शंका लागि खानतलासी गर्दा उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका अभियुक्तहरूलाई थप कारबाहीका लागि प्रहरी हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको जनाइएकाे छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.