सर्लाही, चैत १२ः अवैध लागूऔषधसहित प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा अटो चालक लालबन्दी नगरपालिका ११ का ४७ वर्षीय सोम वहादुर स्याङतान (लामा), ईश्वरपुर नगरपालिका ८ का ३२ वर्षीय रामविश्वास राउत र महोतरी
सोनमा गाउँपालिका ४ का ३३ वर्षीय रमाशंकर राउत रहेका छन्।
उनीहरूलाई लालवन्दी नगरपालिका ७ बाट विशेष सुराकीको आधरमा ईलाका प्रहरी कार्यालय लालबन्दीवाट प्रहरी निरीक्षक निर्मल थापाको कमाण्डमा खटि गएको गस्ती टोलीले ना.२ह.५९३६ नं. को अटोलाई चेक जाँच गर्दा सिटमुनी लुकाई छिपाई राखेको गाँजा १५ किलो फेला पारी अटोसहित नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त गाँजा रामविश्वास राउत र रमाशंकर राउतलाई दिनको लागि ल्याएको हो भन्ने खुल्न आएको थियाे ।
उक्त कुराकाे आधारमा उनीहरुलाई खोजतलास गर्दै जाने क्रममा लालबन्दी नगरपालिका ७ कालिन्जोर खोला स्थितबाट BR30T0103 नं.को मोटरसाइकलसहित नियन्त्रणमा लिई कार्यालयमा ल्याई अनुसन्धान कार्य भई रहेको सर्लाही प्रहरीले जानकारी दिएकाे हाे ।
आगलागी सम्बन्धी
सर्लाहीकाे मलंगवा नगरपालिका ९ स्थितमा रहेको राम बिलाश यादवको खाली कुखुराको फार्ममा अचानक आगोलागी भई जलेर नष्ट भएकाे छ । उक्त आगलागी खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक कृष्ण गिरीको कमाण्डमा १७ जनाको टोली खटि गई नियन्त्रणमा लिएकाे थियाे ।
बास र खरको छानो भएको टहरा आंशिक रुपमा जली नष्ट हुँदा किरिब ५० हजार बराबरको क्षति भएको अनुमान गरिएकाे छ। उक्त आगो स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिएको थियाे ।