लमजुङ, चैत ११: चितुवाको छालासहित लमजुङकाे दोर्दी गाउँपालिकाबाट एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोर्दी–६ सिमीका ३४ वर्षीय मनराज रहेका छन् ।
उनले छाला तथा हड्डी तस्कर गर्दै आइरहेका छन् भन्ने सूचनाको आधारमा जिल्ला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको टोलीले बताएको छ। केही सातादेखि प्रहरी नै ग्राहक बनी उनलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए।
उनलाई छाला र हड्डीसहित आवश्यक कारवाही एवं अनुसन्धानका लागि डिभिजन वन कार्यालय लमजुङमा बुझाइएको प्रहरीले जनाएको छ।