सप्तरी,चैत १०ः मंगलबार पोखरीमा डुबेर सप्तरीकाे विष्णुपुर गाउँपालिका–३ मुसहरनियास्थित एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी १३ वर्षीया अञ्जलीकुमारी यादव रहेकी छन् ।
पोखरीमा नुहाउने क्रममा डुबेर बेहोस भएकी बालिकाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।