काठमाडौ, चैत ९ः लायन्स क्लब अफ अन्तरराष्ट्रिय डिष्ट्रिक ३२५ बी वान नेपालको रिजन २७ अन्तर्गतको रिजन कन्फ्रेन्स बैठक एक समारोहकाबीच सम्पन्न भएको छ ।

लायन्स क्लबका रिजन चेयर पर्सन बिष्णु प्रसाद भण्डारीको अध्यक्षता र लायन्स क्लबका नेता बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लायन्स क्लबले गरेको सामाजिक काम र त्यसले सामाजिक क्षेत्रमा उल्लेखनीय प्रभाब पारेको कुरा कार्यक्रमका अतिथि बक्ताहरुले बताए ।

१० बटा क्लबको सहभागितामा रहेको उक्त कार्यक्रममा ३२५ बी वानका डिष्ट्रिक गभर्नर मानबहादुर रोका, बन उपभोक्ता महासंघका अध्यक्ष भारती पाठक , लायन्सका नेता राजन लम्साल, लायन्सकै अर्का नेता बिश्वेश्वर आचार्यले पनि लायन्सले समाजमा छोडेको सकारात्मक छापका बारेमा वर्णन गरेका थिए ।
उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा केही दिन अगाडि सम्पन्न भएको लायन्स क्लब अफ लर्ड बुद्धको भब्य तृतीय क्याबिनेट बैठकमा सहयोग गर्नेहरुलाई सम्मान पनि गरिएको थियो ।