काठमाडौं, चैत ९ः सरकारले होटल तथा रेस्टुरेन्ट उद्योगलाई कोरोना अवधिको तिर्नुपर्ने विद्युत् महसुल शुल्क छुट दिएको छ । सरकारको निर्णयले बन्दाबन्दी घोषणा गरेको मिति ९ चैत २०७६ चैतदेखि २०७७ भदौ मसान्तसम्म होटल उद्योगले भुक्तानी गर्नुपर्ने विद्युत् शुल्क शतप्रतिशत मिनाहा गरिएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले होटल उद्योगको रूपमा सञ्चालन भएका उद्योगमध्ये नियमित नवीकरण गरी कर विवरण पेस गरेका होटल तथा रेस्टुरेन्टलाई शुल्क छुट दिने निर्णय भएको बताएका छन् । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले विद्युत् महसुल छुट दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले १ असोजदेखि माघ मसान्तसम्मको विद्युत् शुल्कमा पनि ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । राजधानी दैनिकबाट