सर्लाही, चैत ८ः जिल्लाको लालबन्दी नगरपलिका ७ दुर्गा मन्दिर नजिकै अर्जुन राउतको घरमा भाडा लिई हरिपुर नगरपालिका ३ फरहदवा बस्ने सुरेन्द्र साहको किराना पसलमा आगलागी भएको छ ।
उक्त आगलागी विद्युत सर्ट भई भएको बुझिएको छ । आगलागी भएको भन्ने खबर प्राप्त हुन साथ प्रहरी निरीक्षक निर्मल थापाको कमाण्डमा ९ जनाको टोली खटि गई स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको बताइएको छ ।
उक्त आगलागीबाट करिब ४ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ भने, अन्य कुनै किसिमको क्षति नभएको सुचना अधिकृत
प्रहरी नायब उपरीक्षक मदन कुंवरले बताए ।