प्रधान सेनापति र युरोपियन युनियन प्रतिनिधिमण्डलका राजदूतबीच भेटवार्ता

रिपोर्ट नेपाल | 2021 Mar 18 | 07:57 pm 2473

काठमाडाैं, चैत ५ः बीहीबार प्रधान सेनापति पूर्णचन्द्र थापा र युरोपियन युनियन प्रतिनिधिमण्डलका राजदूत HE Ms. Nona Deprez बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधान सेनापति थापाको कार्यकक्षमा भएको उक्त भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले नेपाल र युरोपियन युनियनबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.