रेष्टुरेन्टमा आगलागी हुँदा लाखाैंकाे

| 2021 Mar 18 | 12:01 pm 2025

कञ्चनपुर, चैत ५ः भीमदत्त नगरपालिका–१८ मा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड लजमा आगलागी हुँदा पाँच लाखभन्दा बढीको क्षति भएको छ ।

स्थानीयवासी लालबहादुर थापाले सञ्चालन गर्दै आएका होटलमा बालिएको अगरबत्तीबाट गएराति आगलागी भएको हो । आगलागीबाट होटलमा राखिएको मदिरा, पेय पदार्थ, टिभी, फ्रिज, फर्निचर, इन्भर्टरलगायत सामग्री जलेर नष्ट भएको पीडित थापाले बताए ।

राति ९ः३० बजे होटल बन्द गरेर घर हिँडेका थापालाई माथिल्लो तलामा बस्ने व्यक्तिले राति ११ बजे आगलागी भएको खबर गरेका थिए ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.