एक करोड पचासी लाख जरिवाना भएका फरार अभियुक्त पक्राउ

| 2021 Mar 17 | 04:39 pm 2345

काठमाडाैं, चैत ४ः उर्मिला कँडेलको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी रहेका एक फरार अभियुक्तलाई ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका १ भई हाल कामनपा ४ बस्ने उपेन्द्र प्रसाद ढुङ्गाना रहेका छन् ।

उनलाई बैंकिङ् कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनको मिति २०७७ माघ ५ गतेको फैसलाले १ महिना कैद र विगो बमोजिम
१ कराेड ८५ लाख जरिवाना हुने ठहर भएको थियाे ।

उक्त सजाय बेरुजू रही फरार रहेका अभियुक्तलाई ब्यूराेकाे टोलिले हिजाे मंलबार धुम्बाराही काठमाडौंमा लुकीछिपी बसिरहेको अवस्थामा
पक्राउ गरी बुधबार फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यूराेले जनाएकाे छ ।

ढुङ्गानाले मिति २०७५ असार २ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी प्रभु बैंक लिमिटेड,
शाखा कार्यालय सुकेधारामा रहेको निजको नामको खाताबाट भुक्तान हुने गरी चेक काटी पीडींत जाहेरवाला उर्मिला कँडेललाई दिएकोमा बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट उनको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला भएको उप- निर्देशक, प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.