नेपाल समुहद्वारा बुधबार र बिहीबार काठमाडौंमा भेला गर्दै

रिपोर्ट नेपाल | 2021 Mar 17 | 07:26 am 2021

काठमाडौं, चैत ४ः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले बोलाएको भेलामा सहभागी नहुन आग्रह गर्दै सहभागी हुनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुटगत भेलामा सहभागी हुनेलाई पार्टी विधानअनुसार कारबाही गरिने चेतावनी दिएका हुन् । असन्तुष्ट पक्षले भने कारबाहीको धम्कीले आफूहरू नतर्सने बताउँदै पार्टीमा व्याप्त निरंकुशताविरुद्ध लड्दा आफूहरू लामबद्ध कारबाही भोग्न तयार रहेको बताएका छन् ।

पार्टी अध्यक्ष ओलीसँग असन्तुष्ट माधवकुमार नेपाललगायतका नेताले बुधबार र बिहीबार काठमाडौंमा भेला गर्दै छन् । एमाले वरिष्ठ नेताद्वय नेपाल र खनालले उक्त भेलालाई सम्बोधन गर्ने र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.