शान्ति समाजको कार्यक्रम लहानमा सम्पन्न

| 2021 Mar 16 | 09:36 pm 2181

  • महेश सिंह

सिरहा, चैत ३ः लहानमा नेपाल मानव अधिकार तथा शान्ति समाजको कार्यक्रम सम्पन्न भएको छ। सिरहा शाखाकी अध्यक्ष जानुका पराजुलीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

लहानमा गरिएको बम बिस्फोटको घोर निन्दा गर्दै दोषी उपर कडा कारबाहीको माग गर्दै लहान बजार परिक्रमा गरेका थिए ।

No description available.

म्यानमारमा जारी हिंसा बन्द गर, आतंकबादी गतिविधि गर्नेलाई यथासिघ्र कारबाही गर, बम विस्फोट गराउनेलाई उन्मुक्ति पाउनु हुदैन भन्ने मुल नाराको साथ प्लेकार्ड बोकी लहानमा प्रदर्शन गरेका थिए ।

सबैले जिउने अधिकार सुनिश्चित गर मानव अधिकारको प्रत्याभुती गर भन्दै युवाहरुले चर्को अवाज उठाउदै प्रदर्शन गरेका थिए । सहिद चोकमा आएर कोण सभा गरी कार्यक्रम सम्पन्न गरेका थिए ।

सबै मानिसमा शान्तिको अनुभुति होस सबैको बाच्ने अधिकार हो । मानव अधिकार तथा शान्ति समाज सिरहाको सभापति संजय यादव लगायत दर्जनौं अधिकारकर्मिहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.