एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

| 2021 Mar 16 | 08:53 pm 2185

रुपन्देही, चैत ३ः जिल्लाको रोहिणी गाउँपालिका २ स्थित अमुवाबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको तिलोत्तमा नगरपालिका १ बस्ने २० वर्षीय राजु बुढाथोकी र ३१ वर्षीय संजिव भट्टराई रहेका छन् । भारतबाट लु ६८ प ८ नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मजरकट्टिबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोजेपाम ट्याब्लेट १५ वटा, वानरेक्स कफ ३ बोतल र स्पामर्ट ओकहार्ड क्याप्सुल २४ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईप्रका धकधईमा बुझाईएको छ ।

एपीएफ टोलीद्वारा औषधी बरामद 
झापा जिल्लाको मेची नगरपालिका ७ स्थित सीमा ईलाकाबाट चैत्र ३ गते एपीएफ टोलीले करीव ३ लाख ९० हजार रुपैयाँ बराबरको विभिन्न औषधी बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद औषधी काँकडभिट्टा भन्सार कार्यालयमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.