- महेश सिंह
सिरहा, चैत २ः सिरहाको धनगढीमाई नगरपालिका १ बाखरको एक मनकारी श्रीमान र श्रीमतीले स्थानीय जनता आधारभुत विद्यालयमा लाखौं मुल्य बराबरको सामाग्रीहरु सहयोग गरेका छन्।

आफू सुरुवाती शिक्षा सोही स्कुलबाट अध्यन गरी हाल सिएसम्म अध्यन गर्न सफल भएको भन्दै पहिलाको तुलनामा स्कुलको शिक्षा प्रणाली निकै नै खस्किएको अबस्था हेर्दा आफू दुःखी भएको बताए ।
उनले बुवा बालदेब महतोको मृत्युको सम्झना गरेर स्कुलका बालबालिकाहरुका लागि खेलकुद सामग्री र दराज किताब लगायत दर्जनौं सामाग्रीहरु सहयोग गरेका छन् ।
२०४९ सालमा स्थापना भएको स्कुलको अहिलेसम्म पनि बेथिति नै रहेको उनले दुःख व्यक्त गरे।

स्कुलमा राजनीतिको अड्डा जमाएर नबस्न अभिवाकहरुलाई समाजसेवी बिनोद राज सिंह र श्रीमती प्रतीक्षा श्रेष्ठले आग्रह गरेका थिए। स्थानीय अभिभावक जवाहर पासमानको अध्यक्षतामा सामाग्री वितरण कार्यक्रम भएको थियो भने प्रमुख अतिथिमा धनगढीमाई नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष सुर्य नारायण महतो थिए ।
उनका अनुसार स्कुलमा बाहिरको ब्यक्ति होइन घर नजिकैका अभिभावकहरुले स्कुलमा राजनीतिको अड्डा बनाएको अध्यक्ष महतोले बताए।
स्कुलमा विशेष गरी दलित बालबालिकाहरुको बाहुल्यता रहेको र उक्त ठाँउ भनेको गरीबले भरीएको ठाँउ हो, भन्दै विद्यालयलाई सुधार्ने कुनै एक ब्यक्ति कुरा होईन समाजका सबै जनाले आ–आफनो ठाँउबाट जिम्मेवारी निर्वाह गर्यो भने मात्र विद्यालयको सुधार हुने उनले बताए ।
उक्त स्कुलका प्रधानाध्यापक बिनोद कुमार साहले भने विद्यालय भनेको शिक्षक र विद्यार्थी बिना चल्ने संस्था होइन विद्यालयमा राजनीति छिरीसकेको स्वीकार गरेका छन् ।
विकास भने जति भए पनि थोरै नै हुने उनले बताए । उक्त स्कुलबाट पढेका विद्यार्थीहरु सिए इन्जिनियर र सरकारी सेवामा कार्यरत रहँदा उनले खुशी व्यक्त गरेका थिए।
खाद्य तथा गुण नियन्त्रण कार्यालय बबरमहलमा कार्यरत सहायक प्राविधिक सहयोगी तथा समाजसेवी प्रतिक्षा श्रेष्ठका अनुसार हामी श्रीमान र श्रीमतीले सहयोग गरेका सामाग्रीले विद्यार्थी भाई बहिनीहरुले आफ्नो बेस बनाउन सफल होस् र उच्च शिक्षासम्म अध्यन गरोस भन्ने उनले शुभकामना दिएकी थिइन् ।
बिनोद राज सिंहका अनुसार विद्यालयलाई शिक्षाको लागि अगाडि बढाउन र नमुना स्कुलको रुपमा सुधार ल्याउन राजनीतिकारण नगर्न आग्रह गरे। आफूले सहयोग गरेका सामानहरु स्कुल भित्रै हुनु पर्ने पनि उनले बताए ।
अतिथिहरुमा बलान बिहुल गाउँपालिकामा सहाय लेखापालमा कार्यरत रहेका सोही स्कुलका पूर्व विद्यार्थी सुभाष कर्णे, नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह र फुलवारी सन्देश अन्लाईनका सम्भु चौधरी लगायतका व्यक्तिहरुको उपस्थिति रहेका थिए ।
हाल उक्त स्कुल कक्षा ७ सम्म संचालनमा रहेका छन् भने १३५ विद्यार्थी अध्ययनत रहेका छन्। ३ जना थाई, १ जना अस्थाई र २ जना बाल बिकासका शिक्षिका रहेको प्रधानाध्यापक साहले जानकारी दिए ।
यस्ता समाजसेवी र सहयोगी युवाको हाम्रो समाज खाचो रहेको भन्दै उनले सहयोगी हातहरुलाई धन्यवाद समेत दिएका थिए ।