नेपाल प्रहरी संगठनको सामूहिक अबलोकन भ्रमण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न

रिपोर्ट नेपाल | 2021 Mar 13 | 11:00 am 4133

सर्लाही, फागुन २९ः नेपाल प्रहरीको मेरुदण्डको रुपमा रहेको अपराध अनुसन्धानलाई सवल एंव सफल बनाई न्यायीक राज्य निर्माणको निमित्त विभागीय नीति, निर्देशन तथा CAP निर्देशिका २०७१ को अवधारणा अनुसार २ नं. प्रदेश अन्तरगत मुद्दा चल्ने कार्यालयहरुको अनुगमन एवं निरीक्षण गर्ने क्रममा अपराध अनुसन्धानको क्षेत्रमा अपराध अनुसन्धान शाखाको अभिलेख व्यवस्थापन लगायत अनुसन्धान तथा काम
कारवाहीमा नमूना देखिएको कार्यालयको रुपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीको अपराध अनुसन्धानसंग सम्बन्धित सम्पूर्ण शाखाहरुको अवलोकन तथा भ्रमण सम्पन्न भएको छ ।

No description available.

उक्त कार्यक्रममा संघीय प्रहरी इकाई कार्यालय जनकपुरका प्रहरी बरिष्ठ उपरीक्षक किशोर कुमार दाहाल लगायत २ नं. प्रदेशका ८ वटै जिल्ला प्रहरी कार्यालय तथा प्रहरी नायव उपरीक्षक कार्यालय प्रमुख रहेका ईलाका प्रहरी कार्यालयहरुको मुद्दा शाखा प्रमुखहरु एवं मुद्धा शाखामा काम गर्ने प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

No description available.

व्यवहारीक रुपमा कार्यक्षेत्रमानै लगी व्यवसयीकता अभिवृद्दि गराई समग्र प्रहरी कार्य सम्पादनलाई उत्कृष्ट बनाउन प्रहरी कार्यालयद्वारा सम्पादित नमूना कार्यहरुलाई देखाइ व्यवहारिक रुपमा सिकाइएको कार्यक्रमले नेपाल प्रहरी संगठनको आन्तरिक सिकाइलाइ नविनता प्रदान गरेको कुरा समेत सहभागिहरुले बताइएका छन् ।

No description available.

साथै सो कार्यक्रमले नेपाल प्रहरी संगठनको मेरुदण्डको रुपमा रहेको अपराध अनुसन्धानलाई वैज्ञानिक, प्रमाण मुखी एवं वस्तुनिष्ठ बनाई न्यायिक निरोपणका माध्यमबाट कानूनी राज्य स्थापनामा थप टेवा प्रदान गर्ने अपेक्षा गरेकाे छ ।

No description available.

अपराध नियन्त्रणको सम्बन्धमा Proactive Policing को लागि समुदाय प्रहरी साझेदारीअवधारणा अन्तर्गत सर्लाही जिल्लामा रहेका विभिन्न ४ वटा विद्यालयका विद्यार्थीहरु, शिक्षकहरु, सामुदायीक प्रहरी सेवा केन्द्र सर्लाहीका पदाधिकारीहरु, वुद्धिजिवी, भद्रभलादमि, महिला सज्जनवृन्द तथा अवलोकन भ्रमणमा आएका सम्पुर्ण प्रहरी कर्मचारीहरु समेत गरी ३५० जना सहभागीहरुलाई प्रहरी बरिष्ठ उपरीक्षक किशोर कुमार दाहालबाट एक दिवशीय साईबर अपराध, वाल विवाह, लागूऔषध, लैङ्गिक हिंसालगाएतका अपराधहरुको न्यूनीकरण, सजाय र कानूनी व्यवस्था एवं घटित अपरधको न्यायीक निरोपण सम्बन्धी १ (एक) दिवशीय प्रभावकारी एवं लाभदायक सचेतनामुलक प्रशिक्षण कार्यक्रम प्रदान गरिएको थियाे ।

No description available.

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले कार्यक्रमको उदेश्यबारे प्रष्ट पारेका थिए ।

No description available.

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.