चोरीको मोटरसाईकल सहित राई पक्राउ

रिपोर्ट नेपाल | 2021 Mar 12 | 09:04 pm 2353

धनकुटा, फागुन २८ः चाेरीकाे माेटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका २ का २२ वर्षीय अशिम राई रहेका छन् ।

को ३९ प ९४३ नम्वरको २२० सिसिको पल्सर माेटरसाइकल सुनसरी धरान उपमहानगरपालिका १३ वस्ने जित बहादुर गोलेको नाममा दर्ता रहेको बुझिएकाे छ ।

उक्त् मोटसाईकल यही फागुन २३ गते रातको समयमा चोरी गरी ल्याई गाउँ घरमा नै चलाई रहेको अवस्थामा डिउटिमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा फेला पारी राईलाई नियन्त्रणमा लिई आजै वरामदीत मोटरसाइकल र मानिसलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय धरान सुनसरी पठाईएको धनकुटा प्रहरीले जानकारी दिएकाे हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.