लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस २०७७ सम्पन्‍न

| 2021 Mar 10 | 03:13 pm 2137

काठमाडाैं, फागुन २६ः महाशिवरात्री तथा सेना दिवस-२०७७ को अवसरमा सिन्धुपाल्चोक जिल्लामा तैनाथ गोरख बक्स गण र विभिन्न सरकारी निकाय तथा संघ संस्थाहरुको सहकार्यमा ऐतिहासीक लिस्तीकोट र दुगुनागढीको पहिचान, पर्यटन प्रवर्द्धन र खेलकुद क्षेत्रको बिकासमा टेवा पुर्याउने उद्देश्यले आयोजना भएको लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस प्रतियोगितामा फागुन २४ गते मध्य पूर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी सुरेश कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

उक्त दौड प्रतियोगिताको दौरान नेपाली सेनाका रथीबृन्द तथा अधिकृत वर्ग, चौतारा सांगाचोकगढी र बाह्रबिसे नगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकारी, भोटेकोशी गाउपालिका र ईन्द्रावति गाउँपालिकाका अध्यक्ष, जनप्रतिनिधिहरु, बिशेष अतिथि बैकुण्ठ मानन्धर र मीरा राई, सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न व्यावसायी तथा संघ संस्थाहरुका प्रमुख, संचारकर्मीहरु, खेलाडीहरु र ठुलो संख्यामा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

उक्त प्रतियाेगितामा २ सय १६ जना पुरुष, २५ जना महिला तथा २ जना बिदेशी नागरिक गरी जम्मा २ सय ४३ जना खेलाडीहरु सहभागी भएको दौड प्रतियोगिताको नतिजा तथा पुरस्कार विवरण यसैसाथ संलग्न परिशिष्ट (क) अनुसार भएको जनाइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.