मतपत्र छपाइका लागि मेसिन तयारी हालतमा राख्न शिक्षामन्त्री श्रेष्ठकाे निर्देशन

| 2021 Mar 10 | 07:34 am 1853

काठमाडौं, फागुन २६ः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मतपत्र छपाइका लागि मेसिन तयारी हालतमा राख्न निर्देशन दिएका छन् । जनक शिक्षा सामग्री संस्थान लिमिटेडको निरीक्षण भ्रमणका क्रममा उनले केन्द्रका अधिकारीलाई उक्त निर्देशन दिएका हुन् ।

‘अब निर्वाचन गर्ने समय आएको छ, तपाइहरु तयारी रहनुस्’, मन्त्रालयका सचिव एवं केन्द्रका अध्यक्ष रामप्रसाद थपलिया, केन्द्रका प्रबन्ध सञ्चालक अनिल झालगायत पदाधिकारीलाई निर्देशन दिने क्रममा भने– ‘सबै मेसिन दुरुस्त राख्नुस् । सरकारले निर्वाचन आयोगलाई निर्देशन दिन्छ । आयोगले जनकलाई निर्देशन दिएलगत्तै खुरुखुरु छपाइ गर्न थाल्नुपर्छ ।’

निर्वाचन आयोगमा रहेका मेसिनहरु पनि तत्काल ल्याउने व्यवस्था मिलाउनसमेत उनले निर्देशन दिएका छन् । यसअघि सरकारले वैशाख १७ र २७ गर्ने निर्वाचन तयारी गर्दा आयोगका प्रमुख निर्वाचन आयुक्तसहितको टोली केन्द्रमा पुगेर निर्देशन दिएको थियो । मन्त्री श्रेष्ठले नजिकिँदै गएको शैक्षिकसत्रका लागि समयमै पाठ्यपुस्तक छपाइ गरी सम्बन्धित क्षेत्रमा पुर्याउनसमेत निर्देशन दिएका छन् । नेपाल समाचारपत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.