संसदमा काँग्रेसको नाराबाजी जसपाले पनि दियो साथ

| 2021 Mar 07 | 06:57 pm 2461

काठमाडौं फ्स्गुन २३: संसद पुनस्थापना भएपछी पहिलो पल्ट सुरुभएको संसद बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले गरेको संसद अवरुद्धमा विपक्षी दल जनता समाजवादी पार्टीले पनि साथ दिएको छ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ताको माग गर्दै काँग्रेसले रोष्टम घेराउमा उत्रिँदा जसपाले पनि कांग्रेस साम्सद सँगै नाराबाजी गरेको थियो ।

सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नलिए बैठक सुचारु हुन नदिने काँग्रेसले बताएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठलाई अध्यादेश पेश गर्न अनुमति दिएपछि काँग्रेसले रोष्टम घेराउ गरेर नाराबाजी सुरु गरेको हो। त्यसपछि बोल्ने समय पाएका काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले अध्यादेश तुरुन्त फिर्ता गर्न माग गरे।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पेस गर्ने बैठकको कार्यसूची राखिएको भन्दै नेकपा प्रचण्ड नेपाल समूहका सांसदहरुले भने बैठक नै बहिष्कार गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.