जोशीको स्वास्थ्यमा क्रमिक सुधार

| 2021 Feb 27 | 11:39 am 2733

काठमाडौँ फागुन १५: मस्तिष्कघातले स्वास्थ अवस्था जटिल भएपछि नर्भिक अस्पतालमा भर्ना भएका नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्यमा सुधार देखिएको छ । जोशीको दाहिने तिरको अङ्ग बिस्तारै चल्न थालेको महशुस गरिएको नर्भिक अस्पतालका डा.राजिव झाले जानकारी दिए ।

जोशीलाई बिहीवार राति १२ बजेतिर बाँया शरीरमा समस्या देखिएको थियो । राति परिवारले वीर अस्पताल पुर्‍याइएकोमा चिकित्सकले जोशीलाई नर्भिक अस्पताल रिफर गरेका थिए । नर्भिक अस्पतालमा टाउकोको सामान्य शल्यक्रिया पछि जोशीको स्वास्थ्य स्थिर रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.