रानाभाटको निधनले पार्टीलाई अपुरणीय क्षती : सभापति देउवा

| 2021 Feb 22 | 06:57 pm 1797

काठमाडौँ  फागुन १०: नेपाली कांग्रेस चितवनका महासमिति सदस्य, पूर्व सचिव एवं पूर्व सांसद एकनाथ रानाभाटको आज ६६ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ। स्वर्गीय रानाभाट विद्यार्थीकालीन अवस्थादेखि नै राजनीतिमा सक्रिय रहँदै आएका थिए । चितवनको रत्ननगर नगरपालिका —१४ पिठुवा निवासी स्वर्गीय रानाभाट वि.सं. २०५६ को आम निर्वाचनमा चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनको निधनबाट पार्टीले एक निष्ठावान नेतृत्वलाई गुमाएको छ र अपूरणीय क्षति पुगेको कांग्रेसले जनाएको छ ।

उनको पार्थिव शरीरलाई भोलि विहान ८ः३० देखि ९ः३० बजेसम्म नेपाली कांग्रेस चितवन जिल्ला कार्यसमितिको कार्यालयमा राखिनेछ र त्यसपछि देवघाटमा अन्त्येष्ठी गरिने कार्यक्रम रहेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन । स्वर्गीय रानाभाटले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय योगदान पुर्याएको स्मरण गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.