काठमाडौँ फगुन१०: प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेर निरंकुशता तर्फ अघिबढेको भन्दै नेकपा प्रचण्ड–माधव नेपाल निकट अनेरास्ववियूले प्रधानमन्त्री केपी ओलीको पुत्ला बनाएर जुत्ताले हानेका छन् । सोमबार नारायणहिटी सङ्ग्रहालय अगाडि भेला भएका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलाई ‘प्रतिगमन’को प्रतीक भन्दै उनको पुत्ला बनाएर जुत्ता हानेका हुन् ।
उक्त्त कार्यक्रममा उपस्थित अनेरास्ववियूका विद्यार्थीहरुले प्रतिमगन मुर्दावाद लगायत केपी ओली बिरुद्द चर्का नाराबाजी गरेका थिए । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले ओलीले प्रतिनिधि सभा विघटन लगायतका कदम प्रतिगमनकारी भएकाले साङ्केतिक रुपमा प्रतिगमनकारीको पुतला बनाएर जुत्ता प्रहार गरिएको बताए ।