काठमाडौं फागुन ९: नेपालको सबै भन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले विभिन्न संकायका लागि ठूलो संख्यामा प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकका लागि आबेदन माग गरेको छ । त्रिविले आइतबार विज्ञापन प्रकाशन गर्दै विभिन्न संकायका लागि खुला प्रतियोगिताबाट पदपूर्तिका लागि ५ सय ३८ उपप्राध्यापक, २४ सहप्राध्यापक र १४ प्राध्यापक माग गरेको हो ।
आगामी चैत १४ गते सम्म आवेदन दिन सकिने र दोब्बर दस्तुर तिरेर चैत २१ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ । यसका लागि अनलाइन बाट पनि दरखास्त दिन सकिने विश्वविद्यालयले जनाएको छ ।
जसनुसार प्राध्यापक पदका लागि ३ हजार ५ सय आवेदन दस्तुर तोकिएको छ भने सहप्राध्यापकका लागि ३ हजार २ सय तोकिएको छ। तयस्तै उपप्राध्यापकका लागि ३ हजार रुपैयाँ दस्तुर तोकिएको छ ।
स्नातकोत्तर तह उतीर्ण गरेका व्यक्तिले हालसालै खिचिएको फोटो, आधिकारिक हस्ताक्षर, नागरिकता, स्नातक तहदेखि माथिका सबै योग्यताको लब्धाङ्कपत्र, प्रमाणपत्रहरु र समकक्षताको प्रमाणपत्र, बायोडाटा लगायतका कागजात पेश गर्नुपर्ने विश्वविद्यालयले जनाएको छ ।