बैतडी फागुन ४: नेपाली काँग्रेसले आयोजना गरेको बिरोध शभामा नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आक्रमण गरेका छन् ।
केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाका कार्यकर्ताहरूको ढुङ्गा मुढापछि काँग्रेसको आमसभा बिथोलिएको थियो । उनीहरूको ढुङ्गा लागेर काँग्रेसका स्थानीय कार्यकर्ता जयराज जोशीसहित अन्य एक जना पनि घाइते भएका छन् । आक्रमणपछि काँग्रेसले आमसभा आयोजना गरेको स्थानमा सुरक्षाकर्मीको टोली पुगेको थियो ।
बैतडीको डिलासैनी गाउँपालिकामा आयोजित बिरोध शभामा नेता एनपी साउद अपस्थित थिए उक्त्त बिरोध शभालाई आक्रमण गर्न नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा मुकेश पालको नेतृत्वमा आएको समूहले आक्रमण गरेको छ । अहिले उक्त क्षेत्र नेकपा ओली समुहका कार्यकर्ताका कारण तनावग्रस्त छ ।
केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, नेविसंघका पूर्व सभापति नैनसिंह महरलगायतका नेता सहभागी कार्यक्रममा नियोजित रुपमा ढुंगामुढा प्रहार भएको कांग्रेसको आरोप छ । उक्त ढुंगामुढाबाट केही सवारी साधनमा समेत क्षति पुगेको भन्दै भन्दै कांग्रेसले घटनामा संलग्न दोषीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग समेत गरेको छ ।