मकवानपुर, फागुन २ः मोटरसाइकल दुर्घटनामा परी बागमती गाउँपालिका वडा नम्बर ४, हरामीचोकमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा ६ रामनगरका ३० वर्षीय आशिक श्रेष्ठ रहेका छन् ।
प्रदेश नं. ३–०–०३–००१ प ८८९७ नम्बरको मोटरसाइकल हेटौंडाबाट राईगाउँतर्फ जाँदै गर्दा अनियन्त्रित भइ दुर्घटना हुँदा उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो। मोटरसाइकल चालक आफूहरुको नियन्त्रणमा रहेको मकवानपुर प्रहरीले जनाएको छ।