मोटरसाईकल चोरीमा संलग्न ४ जना ट्राफिक महाशाखाको नियन्त्रणमा

रिपोर्ट नेपाल | 2021 Feb 13 | 02:31 pm 3117

काठमाडाैं, फाल्गुन १ः काठमाडाैंबाट मोटरसाईकल चोरीमा संलग्न ४ जनालाई मोटरसाईकल सहित ट्राफिक महाशाखाले पक्राउ गरेकाे छ । मोटरसाईकल चोरीका सुचनाहरु प्राप्त भए सँगै ट्राफिक प्रहरीले केहि महिनायता सक्रियतापुर्वक आफ्नो सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गर्दै बिशेष अप्रेसन सञ्चालन गर्दै आएको थियो ।

बिशेष अप्रेसन टोली परिचालनसँगै मोटरसाईकल चोरीमा संलग्न गिरोह मोटरसाईकल सहित पक्राउ हुने क्रम बढेको छ । माघ महिनामा मात्रै ११ जनालाई नियन्त्रणमा लिइ मोटरसाइकल चोरी मुद्दाका अनुसन्धान कारबाहिका लागि बिभिन्न बृत्त प्रभागमा पठाएको महाशाखाले जनाएको छ ।

सादा पोसाकमा खटिएको टोलीले महाबौद्धबाट पल्सर सहित धादिङ्ग गजुरीका धन बहादुर तामाङलाई बास्तविक नम्वर परिवर्तन गरी बा.प्र.३-०२-०२०प४८२४ राखेको अबस्थामा पक्राउ गरेको हो भने बल्खुबाट मगरको २२० सिसिको एनएस पल्सर मोटरसाइकल सहित धादिङ्ग थाक्रेका ईन्द्र तामाङ्ग र रिखीलाल तामाङ्गलाई प्रदेश ३-०२,०११प८९२९ नम्वरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

पक्राउ परेका तीनै जना माथी अनुसन्धान एव सोधपुछ गर्दा मोटरसाईकल चोरी गरी बेचबिखन गर्ने मुख्य नाइके मकवानपुर थाहा नगरपालिका घर भई डल्लु बस्ने वर्ष २६ का निरश थिङ नै भएको पुष्टि भएकाे थियाे । त्यसपछि टोलीले सुचना संकलन एव खोजतलास गरी बिशेष सुराकको आधारमा उनलाई बल्खुबाट पक्राउ गरेको भट्टराईले बताए ।

पक्राउ भएका मोटरसाइकलहरु  मंसिर २९ गते भक्तपुरका सुसन थापा मगर र पुष २२ गते रामेछापका हिराकाजी श्रेष्‍ठको चोरी भएको रातो कालो २२० सीसीको पल्सर मोटरसाईकल रहेको महाशाखाले जनाएको छ। थापा मगरको प्रदेश ३-०२,०११ प २१३३ नम्बरको २२० सीसीको एनएस पल्सर सिपाडोलबाट पार्किङ्ग गरेको अबस्थामा चोरी भएको थियो भने श्रेष्ठको बा.प्रदेश ०२-०१९प९५०८ नंम्बरको पल्सर कालीमाटी टंकेश्वरबाट हराएको निबेदनमा उल्लेख छ ।

हराएको निबेदनको आधारमा सुचना संकलन एव सुराकी परिचालन गरी हराएको मोटरसाईकल र चोरीमा संलग्न ४ जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए।

यस आवमा मात्रै १९६ वटा मोटरसाईकल खोजतलास एव पक्राउ गरी सम्बन्धित धनीलाई जिम्मा लगाइ सकेको छ भने चोरीमा संलग्न ३९ जना व्यक्तिहरूलाई समेत पक्राउ गरी चोरी मुद्दा चलाईसकेको जानकारी दिए ।

पछिल्लो समय उपत्यकाको बिभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी बिशेष कारबाही अभियान चलाएको महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.