प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाँदै

रिपोर्ट नेपाल | 2021 Feb 09 | 09:19 am 3041

काठमाडौं,  माघ २७ः नेकपा विवाद र निर्वाचनको तयारीबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार विहान ११ बजे निर्वाचन आयोगको कार्यालय जाने भएका छन् ।

आयोगले यही १६ माघमा नेकपाका दुवै पक्षलाई बोलाएकोमा दाहाल-नेपाल पक्ष गएपनि ओली गएका थिएनन् । उक्त पक्षले त्यस दिन आयोग कार्यालय पुगेर आधिकारिकताको दाबी गरेको थियो ।

नेकपाका दुवै पक्षका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएकोमा आयोगले भने दुवै पक्षको दाबी नपुगेको जनाउँदै आएको छ ।

आज छलफलमा प्रधानमन्त्री ओलीले आयोग कार्यालयमा पुगेर आफूहरु नै आधिकारिक नेकपा भएको दाबी गर्ने र उनले आगामी मध्यावधि निर्वाचनको तयारीबारे जानकारीसमेत लिने भएका छन् । आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा भइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.