दुई सातादेखि लागेको आगो हिमपातले निभ्यो

रिपोर्ट नेपाल | 2021 Feb 07 | 08:01 am 3209

मनाङ, माघ २५ः हिमपातले मनाङको ताचैमा लागेको डढेलो निभेको छ । दुई सातादेखि लागेको आगो शुक्रबारको हिमपातले निभेको हो । मंसिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिकाको जंगलमा पुनः आगो लागेको थियो ।

जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग गर्दा पनि नियन्त्रणमा नआएको आगो अब भने रोकथाम भएको प्रजिअ लामिछानेले बताए । उनले भने, ‘हिमपातले मनाङको डढेलो नियन्त्रण भएको छ ।’ नासो गाउँपालिका–८ ताचैका वडाध्यक्ष हुपजंग गुरुङले पनि हिमपातपछि डढेलो नियन्त्रणमा आएको बताए । ‘गाउँको चारैतिरका डाँडाकाँडामा आगलागी भएको थियो, अहिले नियन्त्रणमा आयो’, उनले भने, ‘आगो निभाउन नसक्दा साह्रै चिन्तामा थियौं, हिमपातले हाइसन्चो बनायो । अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.