वुहानको सामुद्रिक खानाबाट कोरोना सङ्क्रमण फैलिएको डब्लुएचओको अनुमान

रिपोर्ट नेपाल | 2021 Feb 07 | 07:33 am 2857

काठमाडौं, माघ २५ः चीनको कोरोना उत्पती स्थल वुहानमा सामुद्रिक खाना राखिएको बजारमा कोभिड–१९ को सङ्क्रमण फैलिएको अनुमान गरिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । एक महिना अघि कोभिड उत्पति स्थलको अनुसन्धानका लागि चीनको वुहान पुगेको विश्व स्वास्थ्य संगठनका विशेषज्ञहरुले उक्त भनाई सार्वजनिक गरेको चिनका समाचार एजेन्सिहरुले जनाएका छन् ।

विशेषज्ञहरुले कोभिड अन्यत्र कतै उत्पत्ति भएको तर त्यही सामुद्रिक खाना तथा तरकारीहरुको बजारबाट यो विस्तार भएको अुनमान गरिएको जनाएका छन् । लामो समयदेखि विश्व स्वास्थ्य संगठनले चीनको वुहानमा अनुसन्धान गर्न चाहेको भए पनि चीन सरकारले रोक लगाउँदै आएको थियो । एक महिना अघि मात्र चीन सरकारको स्वीकृतिमा विश्व स्वास्थ्य संगठनको टोली चीनको वुहानमा पुगी २ साता क्वारेन्टाइनमा बसी अनुसन्धानमा जुटेको हो ।

अनुसन्धानबाट कोभिड चीनको सामुद्रिक खानाहरुको बजारबाट विस्तार भएको पाइएको विशेषज्ञहरुले उपलब्ध गराएको समाचारमा उल्लेख गरिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।कोभिड १९ भाइरस कहाँबाट उत्पत्ति भएको हो भन्ने बारेमा विश्व स्वास्थ्य संगठनको विशेषज्ञ टोलीले अनुसन्धान गरिरहेको उल्लेख गरिएको छ ।

विश्व स्वास्थ्य संगठनको टिमले वुहान सहरमा रहेको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको अध्ययन गरेका थिए र उनीहरुले सो संस्थाको ल्याबको पनि अनुसन्धान गरेको पनि समाजचार एजेन्सिहरुले जनाएका छन् । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.