माटोको ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु, दुई घाइते

| 2021 Feb 06 | 04:49 pm 3321

डडेल्धुरा, माघ २४: कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा २० वर्षीया भावना वड, १७ वर्षीया धनसरी विक र ३१ वर्षीया गंगा जयगडी रहेका छन् ।

उनीहरूकाे शनिबार बिहान जिल्लाको जानकी गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

घर पोत्नका लागि माटो लिन गएका माटोको ढिस्कोले पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए।

ढिस्कोले पुरिएर काजल विक र अन्जु जयगडी घाइते भएका छन्। घाइते दुवैजनाको टीकापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.