आज ओली समूहले नारायणहिटी दरबार अगाडि आमसभा गर्दै

रिपोर्ट नेपाल | 2021 Feb 05 | 08:07 am 1993

काठमाडाैं, माघ २३ः नेकपा ओली समूहले आज (शुक्रबार) नारायणहिटी दरबार अगाडि आमसभा गर्ने भएको छ। आमसभाका लागि दरवारमार्ग क्षेत्रका सडक डिभाइडर हटाइएको छ भने यस क्षेत्रका व्यापार तथा व्यवसायहरु बन्द गर्न भनिएको छ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि ओली समूहले आमसभा गर्दैछ। ओली समूहले सभाका लागि देशभरबाट कार्यकर्ता उतार्दै छ।

मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्ने छन्। सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलूस निकालिने जनाइएको छ। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.