हतियार सहित नाै जना पक्राउ

रिपोर्ट नेपाल | 2021 Feb 04 | 09:40 pm 2685

काठमाडाैं, माघ २२ः बांके राष्ट्रिय निकुञ्‍जमा संचालित अपरेशन महाहण्ट-७ मा खटिएको नेपाली सेना र निकुञ्‍ज कार्यालयका कर्मचारी सहितको संयुक्त टोलीले हतियार सहित निकुञ्‍ज ईलाकाभित्र हर्कत गरेको तथा अवैध जिवजन्तु चोरी शिकारी कार्यमा संलग्न रहेको अभियोगमा सल्यान कालिमाटी गाउँपालिका ३ बस्ने ५९ वर्षीय भिम बहादुर खनाललाई पक्राउ गरी थप सोधपुछ गर्ने क्रममा निकुञ्‍ज सिमावर्ती क्षेत्र वरपर बसोबास गर्ने उनीसहित ९ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका-२ बराहका ५० वर्षीय रत्‍न थापा मगर, कृष्ण बहादुर थापा, सोम बहादुर खत्री, टेक बहादुर कुंवर, कुमार थापा, धन बहादुर थापा, देव प्रसाद थापा र तिलक डांगी रहेका छन् ।

उनीहरुले गोठ तथा घर नजिकको झाडीहरुमा लुकाई छिपाई राखेको अवस्थामा बरामद भएको भरुवा बन्दुक ६ नाल आवश्यक कारवाहीको लागि निकुञ्‍ज कार्यालयमा बुझाइएको छ ।

अपरेशन महाहण्ट-७ अन्तर्गत भइरहेका सफल कारवाहीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा संरक्षित जिवजन्तु र प्राकृतिक सम्पदाहरुको सुरक्षा थप प्रभावकारी भई चोरी शिकारीका घटनाहरु नियन्त्रणमा आउने विश्वास नेपाली सेनाले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.