जनकपुरमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा दुबै तर्फ घाइते

रिपोर्ट नेपाल | 2021 Feb 04 | 03:12 pm 1865

धनुषा, माघ २२ः  नेकपा प्रचण्ड–माधव पक्षको आम हड्तालका क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा आन्दोलनकारी र प्रहरी दुवैतर्फ घाइते भएका छन् । जनकपुरको शिवचोकमा प्रहरीले प्रदर्शनकारीलाई अवरोध गर्न खोज्दा भएको झडपमा दुवैतर्फ घाइते भएका हुन् ।

अन्दोलनकारीतिर नेकपाका नेता रामचन्द्र झा, मातृका यादव, शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया, प्रदिप साह लगायत घाइते भएका छन् ।  झडपमा प्रहरी जवान लालबाबु राय गम्भीर घाइते भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.