अष्टलक्ष्मी शाक्य लगायत नेता-कार्यकर्ता कलंकीबाट पक्राउ

रिपोर्ट नेपाल | 2021 Feb 04 | 08:03 am 2917

काठमाडाैं, माघ २२ः नेकपा प्रचण्ड-माधव समूहले बिहीबार आह्वान गरेकाे आमहड्तालका क्रममा बिहानैदेखि  उक्त समुहका नेता कार्यकर्तामाथि धरपकड भएकाे छ । यसै क्रममा नेकपा  स्थायी कमिटी सदस्य रहेकी अष्टलक्ष्मी शाक्य लगायत केही नेता-कार्यकर्ता कलंकीबाट पक्राउ परेका छन् ।

प्रहरिले एकाबिहानै धरपकड गरेकाे नेकपा प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । सडकमा बाक्लाे संख्यामा प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन् । साे क्रममा कलंकलीबाट मात्रै एक दर्जन बढी नेता-कार्यकर्ता पक्राउ परेकाे बताइएकाे छ ।

उपत्यकाका सामाखुसी, चक्रपथ, बानेश्वरलगायत विभिन्न स्थानमा बन्द-हड्ताल गराउँदै हिँडेका त्यस समूहका नेता कार्यकर्तालाइ प्रहरीले नियन्त्रणमा लिइरहेकाे छ । बन्दका क्रममा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न साबिकको भन्दा प्रहरीले पैदल, मोबाइल, पिकेट जनशक्ति बढाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.