बैंकिङ् कसुर मुद्दामा फरार अभियुक्त पक्राउ

| 2021 Feb 03 | 09:55 pm 2481

ललितपुर, माघ २१ः  महालक्ष्मी नगरपालिका ६ ईमाडोल बस्ने ५५ वर्षीय मणि कुमार थापाले घर जग्गाको काम गर्ने र सोहि सिलसिलामा बिभिन्न ब्यक्तिहरुसँग रकम लिई विभिन्न बैंकको चेक काटिदिने र पश्चात बैंकमा पैसा जम्मा नगरी सम्पर्क बिहिन हुने गरेको साथै बिभिन्न प्रहरी कार्यालयहरुमा निज बिरुद्द बैकिङ कसुर मुद्दा चलि रहेको र निज फरार रहेको भन्ने सुचना यस महानगरीय अपराध महाशाखामा प्राप्त भएको ।

जलाई खोजतलास गर्ने क्रममा मंगलबार काठमाडाैं कोटेश्वरबाट नियन्त्रणमा लिई महाशाखामा ल्याई अनुसन्धान गर्दा महानगरीय प्रहरी परिसर काठमाडाैं, महानगरिय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी बृत सातदोबाटोमा बैंकिङ् कसुर मुद्दामा फरार रहेको भन्ने बुझिएकाे छ ।

पक्राउ परेका अभियुक्तलाई आबश्‍यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको सुचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.