प्रचण्डविरुद्ध अदालतमा परेको अदालतको अवहेलना मुद्दामा सुनुवाइ आज

रिपोर्ट नेपाल | 2021 Feb 02 | 08:51 am 2041

काठमाडौं, माघ २०: मंगलबार (आज) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दामा सुनुवाइ हुने भएको छ।

उनीमाथि अधिवक्ता समीर हायूले अवहेलना मुद्दा दर्ता गराएका हुन्। प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरी सार्वजनिक रुपमा धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न खोजेको, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानुनी व्यवस्था प्रतिकूल भएको दावी रिटमा गरिएको छ।

सर्वोच्चमा हाल प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अदालतको अवहेलना मुद्दा विचाराधीन छ। उनीहरुलाई बिहीबार अदालतले ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.