विमानस्थलबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना पक्राउ

रिपोर्ट नेपाल | 2021 Feb 01 | 09:17 pm 2033

काठमाडाैं, माघ १९ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कलंकीका आषिश खाती क्षेत्री रहेका छन् ।

नेपाल एयरलाइन्सको विमानमार्फत दुबई जान लागेका उनले बोकेको ह्याण्ड ब्याग चेकजाँच गर्दा स्रोत नखुलेको तथा भन्सार उद्घोष नभएको १० लाख रुपैयाँ फेला परेको प्रहरीको भनाइ छ ।

उनलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.