सर्वोच्च अदालतमा प्रचण्डविरुद्ध अवहेलना मुद्दा दर्ता

रिपोर्ट नेपाल | 2021 Feb 01 | 12:51 pm 2401

काठमाडाैं, माघ १९ः अदालतको अवहेलना गरेको भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिरुद्ध  सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । उक्त मुद्दा अधिवक्ता समिर हायुले दर्ता गराएका हुन् ।

मुद्दा आज दर्ता गरी भोलिको लागि पेसी तोकिएको छ ।  प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरी धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदकको दाबी छ ।

यसअघि, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानन्यायाधीशहरु विरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको थियो । उनीहरुलाई सर्वोच्चले लिखित जवाफ माग गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.