बिभिन्न मुद्दामा फरार रहेका १२ जना अभियुक्त पक्राउ

| 2021 Jan 31 | 09:37 pm 2109

तनहुँ, माघ १८ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको छ ।

सोही क्रममा आइतबार जबरजस्ती करणी मुद्दामा बिगत ७ बर्षदेखी फरार रहेका तनहुँ देवघाट गाउँपालिका २ का १९ वर्षीय सुमन श्रेष्ठ उपर सम्मानित तनहुँ जिल्ला अदालतको मिति २०७० माघ १७ गतेको फैसलाले ६ महिना कैद सजाय तोकिएको पश्चात् उक्त कैद भुक्तान नगरी हालसम्म फरार रहेका थिए ।

त्यसैगरी लागूऔषध गाँजा मुद्दामा ३ महिना देखि फरार रहेका तनहुँ ब्यास नगरपालिका १० का ३३ वर्षीय जेके भन्ने टेक बहादुर बिक उपर सम्मानित तनहुँ जिल्ला अदालतको मिति २०७७ कात्तिक १८ गतेको फैसलाले ९ महिना कैद र ६ हजार जरिवाना भुक्तान गर्न बाकी रहेका थिए ।

त्यसैगरी नाता कायम मुद्दामा फरार २ जना, सम्बन्ध बिच्छेद मुद्दामा फरार १ जना, गाली व्यईज्यती मुद्दामा फरार २ जना, जालसाजी मुद्दामा फरार ४ जना र सवारी ज्यान मुद्दामा फरार १ जना गरी जम्मा १२ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी ईकाई कार्यालयहरुबाट पक्राउ गरी तोकिएको जम्मा १ बर्ष ३ महिना कैद र ११ हजार १ सय ८७
जरिवाना भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

अबैध सालको काठ सहित २ जना पक्राउ

आइतबार तनहुँ भानु नगरपालिका ८ देऊरालीटारका ध्रुवराज पाण्डेले अवैध सालको काठ आफ्नो बारीमा परालले ढाकी लुकाइ छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा ध्रुबराज पाण्डेले बारीमा लुकाइ राखेको अबस्थामा ४२ क्युबिक फिट बराबरको सालको बोक्रा सहितको १२ थान काठ फेला पारी बरामद गरेको हो ।

सोही क्रममा ५० वर्षीय ध्रुबराज पाण्डे र ४१ वर्षीय चन्द्र बहादुर रिमाललाई पक्राऊ गरी रामद भएको काठ र उनीहरु दुबैलाई आवश्यक कारवाहीको लागि सब डिभीजन वन कार्यालय भानु भन्सार तनहुँमा पठाईएको सुचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.