अझैँ केही दिन विहान बेलुका चिसो बढ्ने

रिपोर्ट नेपाल | 2021 Jan 28 | 08:23 am 1693

काठमाडाैं, माघ १५ः आगामी दुई तीन दिन काठमाडौं उपत्यकामा चिसो बढ्ने देखिएको छ । अझैँ केही दिन विहान बेलुका चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

विभागका मौमसविद् गंगा नगरकोटीले पश्चिमी वायुको प्रभावले बादल लागेमा न्यूनतम् तापक्रम बढ्ने गोरखापत्र अनलाइनलाई जानकारी दिए ।

काठमाडौं उपत्यकामा अहिले आकास सफा रहेकाले न्यूनतम तापक्रममा विहान बेलुका गिरावट आएको छ । विहान बेलुका मौसममा गिरावट आउने भए तापनि वर्षा हुने सम्भावना भने नरहेको उनले बताए ।

काठमाडौं बाहिर भने पहाडी भू–भागमा आंशिक बदली रहेको विभागले जानकारी दिएको छ । साथै, तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । गोरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.