काठमाडौं, माघ १३ः नेकपा (प्रचण्ड माधव समूह)का नेता भीम रावलले प्रधानमन्त्री केपी ओली अपराधको पाप पखाल्न पशुपतिनाथ मन्दिर पुगेको आरोप लगाएका छन् ।
सोमबार प्रधानमन्त्री ओली काठमाडौंस्थित पशुपतिनाथ मन्दिर गएर विशेष पूजापाठ गरेका थिए । साेही प्रसंगलाई जाेड्दै राललले भने, ‘संसद विघटनको चौतर्फी बिरोध हुन थालेपछि आफूले गरेको असंवैधानिक कदमको पाप पखाल्न पशुपतिमा बत्ति बाल्न पुगेका छन् । तर यति ठूलो अपराध बत्ती बालेर पखालिँदैन ।’
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रावलले बाजुराको कोल्टीमा संसद विघटन विरुद्धको विरोधसभामा ओलीले पशुपतिनाथ मन्दिरमा पुगेर पूजा गरेको सन्दर्भमाथि कटाक्ष गर्दै यस्तो बताएका हुन् ।
ओलीलाई काम गर्न पार्टीबाट कुनै अवरोध नभएको बरु उल्टै विदेशीहरुसँग झुक्न थालेको पनि आरोप समेत लगाए ।