प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई पक्राउ

रिपोर्ट नेपाल | 2021 Jan 26 | 04:14 pm 1821

झापा, माघ १३ः शिवसताक्षी नगरपालिका-१ धरमपुरस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय सुजन भन्ने कृष्ण राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ग.३ प ७१४० नम्बरको मोटरसाइकललाइ ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा राई र सोही ठाउँ बस्ने २२ वर्षीय धुर्बे तामाङले प्रहरीसँग विवाद गरी हातपात तथा नजिकै रहेको दाउराले प्रहार गरी अभद्र व्यवहार गरेको पश्चात राईलाई मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको हो ।

घटनामा संलग्न फरार धुर्बे तामाङको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.