बसले मोटरसाइकलाई ठक्कर चितवनमा दिँदा २ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2021 Jan 26 | 11:45 am 2629

चितवन, माघ १३ः बसले मोटरसाइकलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्गको रत्ननगर १ बकुलहरमा बसले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मृतकहरुको सनाखत हुन बाँकी रहेको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।

उनका अनुसार नारायणगढ तर्फ जाँदै गरेको बा २ ख ५६७४ नम्बरको बसले बिपरित दिशा तर्फ जाँदै गरेको बा ९२ प ५२०४ नम्बरको मोटरसाइकललाई हरिहर मन्दिर अगाडि ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक शाहले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.