प्रधानन्यायाधीशको सुनुवाइ अघि बढ्दै

रिपोर्ट नेपाल | 2018 Jul 11 | 08:17 am 1432

काठमाडौं, असार २७: संघीय सुनुवार्इ विशेष समिति गठन भएसँगै यसका काम अघि बढाएको छ। लामो समयदेखि रिक्त रहेको सर्वोच्च अदालतका प्रधान्यायाधिस पदका लागि सुनुवार्इ प्रकृया अघि बढाउने तयारी गरेको छ।

संसद्का दुवै सदनबाट सदस्य रहेको सुनुवाइ समितिले संवैधानिक व्यवस्थाबमोजिम संवैधानिक अंगका पदाधिकारी, सर्वोच्च अदालतका प्रधानन्यायाधीश र विभिन्न मुलुकमा नियुक्त हुने राजदूत नियुक्तिका लागि सुनुवाइ प्रकृयालार्इ गति दिने गरी काम अघि बढाइएको समितिमा सदस्य योगेश भट्टरार्इले जानकारी दिए।

हाल सर्वोच्च अदालतका प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरिएको छ ।

सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि सिफारिस गरिएका जोशीको पहिलो सुनुवाइ गर्नेछ । संविधानको धारा २९२ मा संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनुअघि संघीय कानुनबमोजिम संसदीय सुनुवाइ हुने भनिएको छ।

सुनुवाइ समिति गठन भएसँगै अब सरकारले रिक्त रहेका संवैधानिक निकायका पदाधिकारी, न्यायपरिषद्का पदाधिकारी, विभिन्न देशका लागि राजदूत नियुक्त गर्ने बाटो खुलेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.