राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष भनी अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

रिपोर्ट नेपाल | 2021 Jan 20 | 05:33 pm 2501

काठमाडाैं, माघ ७ः आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भनी उनको नामको परिचय पत्र समेत देखाई ठगी गर्ने  एका जनालाई अपराध महाशाखाले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा संखुवासभा पाँचखपन गाउँपालिका ५ खमारे स्थाई घर भई हाल कामनपा ७ मित्रपार्क, चावहिल बस्ने ६० बर्षीय तुलसी थापा रहेका छन् ।

No description available.

उनलाई हिजाे मंगलबार काठमाडौंकाे दरबारमार्गबाट पक्राउ गरी ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको जानकारी दिइएकाे छ ।

अभियुक्तले म अमेरिका हुने कार्यक्रममा जाँदा तपाईँलाई ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु भनी विश्वास दिलाई १५ लाख रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको साथै उनीबाट अन्य कोही ठगिनुभएको छ भने यस कार्यालयमा सम्पर्क राख्नको लागि समेत अनुरोध गरिएको सूचना अधिकारी (प्रवक्ता) प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.